फेंगल आँधीका कारण भारतमा तीनजनाको मृत्यु

भारत, १६ मंसिर । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीनजनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फेंगल नाम दिइएको चक्रवात शनिबार राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा)को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।

तमिलनाडुराज्यका विपद् व्यवस्थापनमन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीनजनाको मृत्यु भएको जानकारी दिए । तर, आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए । ‘द टाइम्स अफ इन्डिया’ले मृतकको संख्या चार रहेको उल्लेख गरेको छ । आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको छ । तर, अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ ।

उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपद् यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो । यो आँधी आइतबारपछि विस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले आँधीको जोखिम रहँदासम्म समुन्द्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ । केही क्षेत्रमा मध्यमदेखि उच्च बाढीको जोखिम रहेको बताएको छ । फेंगलले यसै साताको सुरुमा श्रीलंकाको समुद्री तटमा अवतरण हुँदा ६ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर