रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण

भ्लादिभोस्टोक, १५ मंसिर । रुसले शनिबार बिहान सुदूरपूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको २४सै घण्टा अवलोकन गर्न सक्षम छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए उपग्रहकक्षामा पुगेको विज्ञप्तिमार्फत घोषणा गरेको छ ।  कोन्डोर–एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, यो नागरिक समकक्षका रूपमा डिजाइन गरिएको छ ।

रुसमा आधारित रकेट डिजाइन ब्युरो (एनपीओ)ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखिएको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो ।

दुई थप उपग्रह हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ का निम्ति योजना गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर