मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति भएको फोर्ब्सकाे घोषणा

काठमाडौँ, ९ मंसिर । अमेरिकी खर्बपति एलन मस्क मानव इतिहासकै धनी व्यक्ति बनेका छन् । पुनः विश्वकै धनी व्यक्ति बनेका मस्कको सम्पत्ति मानव इतिहासमा अहिलेसम्मकै कुनै पनि व्यक्तिको सम्पत्ति भन्दा बढी रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

टेस्ला, स्पेस एक्स, एक्स एआई लगायतका कम्पनीका मालिक रहेका मस्कको सम्पत्ति तीन सय ३४ दशमलव तीन बिलियन अमेरिकी डलर पुगेको छ । यो रकम नेपाली रुपैयाँमा दुई सय ८२ खर्ब भन्दा धेरै हुन्छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएसँगै एलन मस्कका कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मस्क ट्रम्पलाई जिताउन रकम सहयोगसहित प्रचारपसारमा खटिनुभएको थियो । ट्रम्पले चुनाव जितेपछिको दुई हप्तामा १७ दिनमै मस्कको सम्पत्ति ७० अर्ब डलरले बढेको फोर्ब्सले जनाएको छ ।

मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनकोभन्दा ८० अर्ब डलरले धेरै छ । मस्क इतिहासकै धेरै धनी व्यक्ति बने पनि सन् २०२४ मा धेरै कमाउने व्यक्तिको सूचीमा भने एनभिडियाका सीईओ जेन्सेन हुआङ रहेका फोव्र्सले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर