युक्रेनले पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार गर्‍यो

एजेन्सी, ६ मंसिर । बेलायतले दिएको लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ ।

अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै हिजो युक्रेनले बेलायतले दिएको मिसाइलबाट पनि रुसमा आक्रमण गरेको हो ।

रुसी युद्ध संवाद दाताले टेलिग्राममा पोष्ट गरेको भिडियो फुटेजअनुसार युक्रेनको सीमामा रहेको कुस्र्क क्षेत्रमा मिसाइल प्रहार भएको थियो । मिसाइल आवासीय क्षेत्रमा मिसाइल प्रहार गरे पनि क्षतिको विवरण प्राप्त भएको छैन ।

अमेरिकाले आफूले दिएको लामो दूरीको मिसाइल रुसी भागमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएपछि बेलायतले पनि अनुमति दिएको छ । रुसले युक्रेनमा आक्रमण थालेको एक् हजार दिनमा अस्ति युक्रेनले ६ वटा अमेरिकी मिसाइल रुसमा प्रहार गरेको थियो, पाँच वटा भने रुसले आकासमै ध्वस्त बनाएको थियो ।

यसैबीच, रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गर्ने भन्दै बन्द भएका विभिन्न देशका दूतावास अहिले खुलेका छन् । रुसले किभमा निकै ठूलो र खतरनाक आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका, स्पेन, इटली लगायका देशले हिजो दुतावास बन्द गरेका थिए ।

युक्रेनभर रुसी आक्रमणको हल्ला फैलिएपछि धेरैजसो मानिस बंकरमा लुक्न गएका थिए । सरकारी र निजी कार्यालय बन्द भएका थिए । युक्रेन सरकारले भने रुसले आक्रमणको भ्रमपूर्ण सन्देश फैलाएर मनोवैज्ञानिक आतङ्क मच्याएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर