लामो दूरीको मिसाइलबाट रुसमा आक्रमण गर्न युक्रेनलाई अमेरिकाकाे अनुमति

एजेन्सी, ३ मंसिर । अमेरिका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न युक्रेनलाई अनुमति दिनुभएको छ ।

दुई महिना मात्रै कार्यकाल बाँकी रहेको बाइडेनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो । बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए । तर युद्ध चर्किने सम्भावनालाई ख्याल गरेर प्रयोग अनुमति भने दिएको थिएन ।

यस्ता अस्त्र यस अघि युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै प्रयोग गर्दै आएको थियो । तर अहिले अनुमति दिनुलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।

युक्रेनलाई उपलब्ध गराइएको मध्ये सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र तीन सय किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ । अमेरिकासँगै  फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् ।

आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देशको सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै नेटो पोस्टमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर