इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए

एजेन्सी, ३ मंसिर । बेरुतमा भएको इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफ मारिएका छन् । यो घटनालाई हिजबुल्लाहले नै पुष्टि गरिसकेको छ ।

लेबनानको सञ्चार माध्यममा जनाइए अनुसार आइतबार बाक्लो घनत्व रहेको रास अल नाबाको छिमेकमा बाथ राजनीतिक दलको कार्यालयमा आक्रमण भएको थियो ।

सोही आक्रमणमा चार जनाको ज्यान गएको हो । बाथ पार्टी सिरियाको हो । यसको लेबनानमा धेरै शाखा छन्। लेबनानमा भएका धेरै शाखामा आइतबार एकै पटक आक्रमण गरेर संरचना नै ध्वस्त पारिएका थिए ।

अफिफ सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने हिजबुल्लाहका विरलै नेता मध्य एक हुन । एक साता अघि मात्र उनले सार्वजनिक कार्यक्रममा प्रस्तुत भएर हिजबल्लाहको कार्यक्रमको बारे जानकारी गराएका थिए । बाथ पार्टी वर्तमान राष्ट्रपति बसार अल असरको नेतृत्वमा छ । सो दल हिजुबल्लाहको साथमा नै सत्तामा पुगेको हो ।

आइतबार नै इजरायलले लेबनानमा अर्को आक्रमण पनि गरेको थियो। सो आक्रमणमा दुई जनाको ज्यान गएको थियो।

आइतबार बिहान इजरायली डिफेन्स फोर्सले हिजबुल्लाहको ६ केन्द्रमा निसाना बनाइएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयको दाबी अनुसार गत लेबनानमा इजरायलले गरेको आक्रमणमा ३४ सय जनाको ज्यान गएको छ भने १२ लाख विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर