साउदीमा हाफपाइन्ट लगाउने नेपालीमाथि जरिवाना

काठमाडौँ, २९ कार्तिक । साउदी अरबका सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा नेपालीमाथि जरिवाना गरिएपछि त्यहाँस्थित नेपाली दूतावासले नैतिकताविपरीत हुने कार्य नगर्न अपिल गरेको छ ।

रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सार्वजनिक मर्यादा र शिष्टाचारसम्बन्धी पहिरन तथा आचरण प्रदर्शन गर्न अपिल गरेको हो ।

साउदीमा चार लाखको हाराहारीमा नेपाली कार्यरत छन् । “हालैका दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट वा हाफपाइन्ट लगाएको कारणले साउदी अरेबियामा रहनुभएका कतिपय नेपाली नागरिकहरूलाई जरिवाना लागेको भन्ने जानकारी दूतावासमा प्राप्त भएको छ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

साउदी अरेबियाको कानुनानुसार, सार्वजनिक स्थानमा छोटा हाफपाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्रार्थनाको समयमा ठूलो आवाजमा गानाबजाना गर्न, सार्वजनिक स्थानमा थुक्नेलगायत फोहोर हुने कार्य गर्न पाइँदैन ।

ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्ट्याइएको स्थान ओगट्न, लाइन मिच्न, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषले) लगाउन र अरूलाई तर्साउने वा डराउने खालका क्रियाकलाप गर्न पनि साउदी कानुनले दिँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर