जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

एजेन्सी, २७ कार्तिक । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिनुभएको थियो । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो ।

गएको अक्टुबरमा भएको मतदानमा इसिबाको पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । चार सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धनले दुई सय १५ सिट मात्र ल्याएको थियो । तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उहाँ प्रधानमन्त्रीमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर