नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित

काठमाडौँ, २४ कार्तिक । १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।

युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाइन् । साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले अविजित ११ रन बनाइन । युएईका मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान एक विकेट लिए ।

त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रनको बनाएको थियो । युएईका लागि रनिथा रजिथाले सर्वाधिक ४८ रन बनाइन् । नेपालका लागि रिया शर्माले तीन तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान एक विकेट लिए ।

जीतसँगै युएई तीन खेलमा तीन अङ्गसाथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल समान खेलमा चार अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन