कमला ह्यारिसद्वारा आफ्नो सम्बोधन रद्द

एजेन्सी, २१ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसले आज हुने भनिएको आफ्नो सम्बोधन रद्द गरेकी छन् ।

ठूलो संख्यामा कमला ह्यारिसका समर्थक उनको कार्यालय बाहिर जम्मा भएका छन् । यस्तो बेला उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका हुन् ।

मतगणनाको नतिजा सोचेजस्तो नआएपछि ह्यारिसको कार्यालयबाहिर रहेका कार्यकर्तामा पहिलेको जस्तो उत्साह देखिएको छैन । 

मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ राज्यमा जित निकालिसकेका छन् । यसमा उत्तरी क्यारोलिना र जर्जिया रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर