इजरायलका रक्षामन्त्री बर्खास्त

एजेन्सी, २१ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्दै आफूहरूबिच ‘विश्वासको संकट’ रहेको बताएका छन् ।

नेतन्याहुले एक विज्ञप्तिमा हालका महिनाहरूमा ग्यालान्टमाथि उनको विश्वास ‘क्षय’ भएको बताउँदै विदेश मन्त्री इजरायल काट्जले ग्यालान्टको स्थान लिने जानकारी दिएका हुन् ।

यता ग्यालान्टले सामाजिक सञ्जालमा पोस्ट गरेर ‘इजरायल राज्यको सुरक्षा मेरो जीवनको मिसन थियो र सधैँ रहनेछ’ बताएका छन्। बर्खास्तीले तेल अभिभको सडकमा विरोध प्रदर्शन सुरु भएको छ । विपक्षी नेताहरूले व्यापक सार्वजनिक प्रदर्शनको लागि आह्वान गरेका छन्।

नेतान्याहु र ग्यालान्टबिच लामो समयदेखि सम्बन्ध सुमधुर भने थिएन । गत वर्षमा इजरायलको युद्ध रणनीतिलाई लिएर दुई व्यक्तिहरू बिच भनाभन भएको रिपोर्ट आएको थियो। ग्यालान्टले गाजामा युद्ध जारी राख्नु अघि हमाससँगको बन्धक रिहाइ सम्झौतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए जसलाई प्रधानमन्त्री नेतान्याहुले अस्वीकार गरेका थिए।

इजरायलका अल्ट्रा अर्थोडक्स नागरिकहरूलाई सेनामा सेवा गर्नबाट छुट दिन जारी राख्ने योजनामा पनि ​​पूर्व रक्षामन्त्री असन्तुष्ट थिए। अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु हुनुभन्दा महिनौँ अघि, ठुलो सार्वजनिक आक्रोश पछि उनलाई पुनर्स्थापित गर्नु अघि नेतान्याहुले राजनीतिक मतभेदको कारण ग्यालान्टलाई बर्खास्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर