लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु, नौ घाइते

काठमाडौँ, २० कार्तिक । दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

लेबनानी सिभिल डिफेन्सको एक अज्ञात स्रोतले दक्षिणी लेबनानको सइदा छिमेकमा इजरायली आक्रमणमा तीनजनाको मृत्यु र नौ व्यक्ति घाइते भएका जनाएको छ ।

यस्तै, पूर्वी लेबनानको माचघारा सहरमा गरिएको आक्रमणमा तीन सर्वसाधारणको मृत्यु भएको छ । दक्षिणी लेबनानको जबल अल–बाटम गाउँमा थप दुईजनाको मृत्यु भएको छ ।

इस्लामिक स्वास्थ्य प्राधिकरणका दुई प्यारामेडिक दक्षिणी लेबनानको बाजोरीह नगरपालिकामा मारिएका थिए । सन् २०२३ अक्टोबर ८ मा युद्ध सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९८६ पुगेको छ । घाइतेको संख्या १३ हजार ४०२ पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर