नेपाल र स्कटल्यान्डबीचको खेल रद्द 

काठमाडौँ, २० कार्तिक । खराब मौसमका कारण खेलअघि बढ्न नसक्दा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को ४४औँ खेलमा नेपालले अंक बाडेको हो । अमेरिकाको ड्यालसमा हुने तालिका रहे पनि खेल खराब मौसमक कारण दुईपटक रोकिएको थियो ।

खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ६ ओभरमा एक विकेट गुमाउँदै २६ रन बनाउँदा खेल अघि बढाउन सम्भव नभएको हो ।

लिग–२ मा १२ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ । चार अंक जोडेको यूएई पुछारमा छ । 

१६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा  छ । ११ खेलबाट १४ अंंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन