इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इस्टफ्लोरेस, १९ कार्तिक । पूर्वी इन्डोनेसियामा एउटा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन् ।

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको संख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएका बताए । उनका अनुसार, विस्थापितको संख्या अझै गणना भइरहेको छ ।

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखीनजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखीनजिकै पाँच गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।

सुरक्षा निकायले स्थानीय र पर्यटकलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु)को सात किलोमिटर दायराभित्र कुनै गतिविधि नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रूपमा वृद्धि भई घरहरूमा क्षति गरेपछि स्थानीयले सामूदायिक भवनमा शरण लिएका छन् । सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर