विश्वकप लिग टु क्रिकेट : अमेरिकासँग नेपाल पराजित

काठमाडौँ, १८ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली अमेरिकासंग  ३७ रनले पराजित भएको छ ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेलमा नेपालले टस जितेर बलिङ रोज्दै अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । टस जितेर पाहिले बालिंग रोजेको नेपाललाई अमेरिकाले २८२ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङको गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउदै २४४ रन बनाएको थियो ।

जितसहित अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ। १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ। स्कटल्यान्ड १० खेलमा १३ अङ्क सहित तेस्रो, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्क सहित चौथो र नामिबिया १२ खेलमा १० अङ्क सहित पाँचौँ स्थानमा छन्। ओमान ९ खेलमा ८ अङ्क सहित छैटौँ, नेपाल ११ खेलमा ५ अङ्कसहित सातौँ तथा संयुक्त अरब इमिरेट्स ८ खेलमा २ अङ्कसहित पुछारमा छन्। File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन