लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत, १६ कार्तिक । पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाइते भएको  लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहीबार जनाएको छ । 

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान्, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो । स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित ६ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

यसैगरी बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चारवटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै अन्य पाँचजना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ । डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौँ भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ ।

अहिलेसम्म बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजारभन्दा बढी आक्रमणको गरेको छ जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९  भन्दा बढी घाइते भएका छन् । क्यूएनए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७