स्पेनमा बाढीका कारण मर्नेको संख्या ९५ जना पुग्यो

म्याड्रिड, १५ कार्तिक । स्पेनमा आएको भीषण बाढीका कारण देशभर कम्तीमा ९५ जनाको ज्यान गएको छ । अन्य कैयौँ मानिस बेपत्ता भएको बताइएको छ । स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा मंगलबारदेखि परेको अविरल वर्षाका कारण अवस्था झनै नाजुक बनेको छ ।

यस वर्षाले धेरै पुल र भवनमा क्षति पुगेको छ । आफ्नो ज्यान जोगाउन मानिसहरू घरको छत वा रूखहरूमा चढ्नुपरेको दृश्य अनलाइन र सामाजिक सञ्जालमा देखिएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । धेरै मानिस बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारको भनाइ छ ।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको मृत्यु पुष्टि भएको छ । भ्यालेन्सियाको पश्चिममा रहेको क्यास्टिला–ला मान्चामा दुई र मलागामा एक जना ७१ वर्षीय बेलायती पुरुषको मृत्यु भएको छ । स्पेनमा बाढीका कारण मृत्यु हुनेको यो संख्या सन् १९७३ यताकै उच्च हो । सन् १९७२ को बाढीमा त्यहाँ बाढीका कारण १५० जनाको मृत्यु भएको अनुमान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु