उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र हानेको आशङ्का

काठमाडौँ, १५ कार्तिक । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको आशङ्का गरिएको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार उत्तरले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल हानेको जस्तो देखिएको छ ।

दुई कोरियाली देशबिच सम्बन्ध बिग्रिएकै समयमा उक्त क्षेप्यास्त्र प्रक्षेपण भएको छ । क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहीबार बिहान ७ः१० बजे प्रहार भएको भनिएको छ । 

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनको समय अघि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने तयारी गरिरहेको भनेर दक्षिण कोरियाले बुधबार नै चेतावनी दिएको थियो । उत्तर कोरियाले यस अघि गएको वर्ष डिसेम्बरमा लामो दूरीको क्षेप्यास्त्र हानेको थियो ।

बिहीबारको प्रहारको आफूले निगरानी गरिरहेको र यो स्थानीय समयअनुसार ८ः४० बजे समुद्रमा खसेको हुन सक्ने जापानले पनि बताएको छ । युक्रेनमा रुसी युद्धलाई सघाउन किम जोङ्ग उनले आफ्नो सेना पठाएको भन्दै अमेरिका र दक्षिण कोरियाले आरोप लगाइरहेकै समयमा उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र हानेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Currency Unit Buy Sell

काठमाडौँ, २८ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार  साना

काठमाडौँ, २७ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ