लिग-२ शृङ्खलामा आज नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौँ, १३ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग -२ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ ।

अस्ति आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । लिग–२ मा नेपाल ९ खेलमा एक जीतसहित तीन अङ्कका साथ तालिकाको सातौं स्थानमा छ ।

स्कटल्याण्ड ८ खेलमा ११ अङ्कसाथ चौथो स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् ।

अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने