बार्सिलोना, ११ कार्तिक । स्पेनको उत्तरी सहर सान्टान्डरमा शनिबार विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
घटना स्थानीय समयानुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो । विस्फोटसँगै तीनतले भवनमा आगलागी भएको थियो ।
विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर सहरका मेयर गेमा इगुआलले बताए । विस्फोटपछि अरू केही भवनका बासिन्दालाई सावधानीका निम्ति खाली गराइएको थियो ।
स्थानीय आकस्मिक सेवाका अनुसार, १० जनालाई अस्पताल लगिएको थियो । दुईजना सामान्य उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् । एएफपी







