दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण

नयाँदिल्ली, १० कार्तिक । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।

उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उनका अनुसार पूर्व मुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए । 

मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे । जब अदालतले उनलाई रिहा गर्‍यो । अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ ।’ 

उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ

काठमाडौँ, २८ असोज । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा

काठमाडौँ, २८ असोज । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा

काठमाडौँ, २८ असोज । २०८३ साल असोज २८ गते बुधबारको राशिफल ।  मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था