माल्दिभ्समा आर्थिक संकट

एजेन्सी, ९ कार्तिक । आर्थिक संकटमा परेको माल्दिभ्समा सार्वजनिक क्षेत्रका तलबहरूमा ५० प्रतिशत कटौती भएको छ । 

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण संकट रोक्न सार्वजनिक क्षेत्रका तलबहरू घटाउने मितव्ययी अभियानको एक भागका रूपमा ५० प्रतिशत तलब कटौती गर्ने उनको कार्यालयले बिहीबार जनाएको छ ।

उनले अधिकांश सार्वजनिक क्षेत्रका रोजगारीमा १० प्रतिशत अनिवार्य तलब कटौती लागू गर्दैछन् । आफैँले सबैभन्दा ठूलो तलब कटौतीको नेतृत्व गर्दै छन् । मुइज्जुको वार्षिक तलब आगामी वर्षदेखि १२ लाख रुफियाँबाट घटेर छ लाख रुफियाँ (३९, हजार ८७ अमेरिकी डलर) हुने एक सरकारी स्रोतले बताएको छ ।

यो सन् २०१६ को जनगणनाअनुसार वार्षिक तीन लाख १६ हजार सात सय ४० रुफियाँको औसत घरायसी आम्दानीको लगभग दोब्बर हो । न्यायाधीश र सांसदहरू यी कटौतीबाट मुक्त हुनेछन् । यद्यपि मुइज्जुको कार्यालयले उनीहरूले स्वेच्छाले १० प्रतिशत कटौतीमा सहमत भएर यो भार बाँड्ने अपेक्षा गरेको छ ।

दुई साताअघि राष्ट्रपति मुइज्जुले यस सानो टापू राष्ट्रको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गरेका थिए । 

बर्खास्त गरिएकाहरूमा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ राजनीतिक निर्देशक थिए । यो कदमले देशलाई मासिक करिब तीन लाख ७० हजार डलर बचत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु