वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जित्यो

काठमाडौँ, २ कार्तिक । वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जितेको छ ।

गएराति भएको तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले हराउँदै शृङ्खला जितेको हो । वेस्ट इन्डिजले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा एक विकेट मात्र गुमाएर भेट्टायो ।

श्रीलङ्ककाका लागि कुशल मेन्डिसले अविजित ६८ र कुशल परेराले अविजित ५५ बनाउँदै टिमलाई जीत दिलाएका हुन् । वेस्ट इन्डिजका गुडाकेश मोतीले एक विकेट लिए ।

त्यसअघि दम्बुल्लामा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभम्यान पावेलले सर्वाधिक ३७ रन बनाए । श्रीलङ्काका महेश थेक्षाना र वानिन्दु हसरङ्गाले समान दुई विकेट लिए ।

यसअघि पहिलो टी–२० खेलमा श्रीलङ्का वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित हुँदा दोश्रो खेलमा ७३ रनले विजयी भएको थियो । अब श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय शृङ्खला पर्सि आइतवारदेखि पल्लेकेलेमा शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसले रसुवा बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता जनाएको आरोप लगाउँदै आपत्ति जनाएको

काठमाडौँ, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने