क्यानडासँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, २० असोज । क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७ रनको लक्ष्य पछ्याएको हाइप्रोफमेन्स ४५ ओभर ३ बलमा एक सय ५६ रनमा अलआउट भयो ।

नेपालका गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा एक सय ७६ रनमा अलआउट भएको थियो । सोमपाल कामीले सर्वाधिक ३१, दीपेन्द्रसिंह ऐरीले २७ तथा अनिल कुमार साहले २५ रन जोडे ।

यो जीतसँगै तीन खेलको अभ्यास खेल एक/एकको बराबरी भएको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल पर्सि मङगलवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने