त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ, १६ असोज । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

यो खेल क्यानडाको किङ्गसिटीमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । यसअघि भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो ।

श्रृङ्खला अन्तर्गत तीन वटा खेलमा नेपालको यो एक मात्र जीत हो । गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ४ विकेटले र शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा क्यानडासँग नै १४ रनले पराजित भएको थियो ।

क्यानडामा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलापछि घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच टी–२० श्रृङ्खला भएको हो । श्रृङ्खलाको अन्तिम खेलमा भोलि क्यानडा र ओमान खेल्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः