त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र क्यानडा भिड्दै

काठमाडौँ, १५ असोज । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज क्यानडासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८-५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो ।

तीव्र गतिका बलर कलिम सानाले ४ र स्पिनर साद बिन जाफरले ३ विकेट लिएका थिए । पछिल्लो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । उक्त खेलमा गुल्सन मल्लले १७ बलमा ४० रनको इनिङ खेलेका थिए । गुल्सनलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिन आवश्यक छ ।

ओपनर आसिफ शेख र अनिल साहले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलर हुन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्