मुख्यमन्त्री कार्कीद्वारा कोशी ब्यारेजको अनुगमन

काठमाडौँ, १२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन् । 

आज दिउँसो मुख्यमन्त्री कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख पनि अनुगमनमा सहभागी थिए । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरे ।

स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरेका हुन् । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ । 

यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौँडाबाट

काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा

काठमाडौँ, १७ जेठ । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।