ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई भव्य स्वागत

काठमाडौँ, ८ असोज । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आज बिहान काठमाडौँ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले स्वागत गरे ।

एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो । उनलाई फूल र बेलुनले सजिएको प्रहरीको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।

एरिकाले चीनमा भएको २०औं एशिया सिनियर कराँते च्याम्पियनशिपमा महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन् । एशियन च्याम्पियनशिपको सिनियरतर्फ नेपालले जितेको यो पहिलो पदक हो ।

एरिका स्वर्ण पदकको प्रतिस्पर्धामा भने भियतनामकी नाखोन थी नुयेनसँग पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः