ट्रम्पको हत्या प्रयासमा संलग्न आरोपितलाई बन्दुक अपराधको अभियोग

एजेन्सी, १ असोज । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका एकजनालाई सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पलाई हिजो फ्लोरिडामा गोली हान्ने असफल प्रयासपछि ५८ वर्षीय रेयान वेस्ले राउथ पक्राउ परेका थिए ।

उनलाई ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा पक्राउ गरेर शुरुमा बन्दुक अपराधको अभियोग लगाएपनि अदालतमा थप आरोपहरुका साथ मुद्दा दर्ता गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । अदालतको संक्षिप्त सुनुवाइका क्रममा हिजो राउथले  न्यायाधीशका प्रश्नमा अपराध स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने