क्विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २५ भदौ । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो  १५ सदस्यीय टोलीको घोषणा गरेको हो । सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग रहेको छ । सबै खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको

काठमाडौँ, १८ भदौ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।  बिहीबार बसेको प्रतिनिधि

काठमाडौँ, १८ भदौ । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत्

काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । महामन्त्री विपिन