इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले नेपालकै इज्जत बढेको छ : देउवा

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्य पदकले देश कै इज्जत बढेको बताएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले कांस्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिएका हुन्  । 

उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु ।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढङ्गले  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको

काठमाडौँ, १८ भदौ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।  बिहीबार बसेको प्रतिनिधि

काठमाडौँ, १८ भदौ । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत्

काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । महामन्त्री विपिन