दीपिका-रणवीरको विवाहको पहिलो तश्बिर सार्वजनिक

कार्तिक ३०, एजेंसी । बलिउड नायीका दीपिका पादुकोण र नायक रणवीर सिंहको विवाह ईटलीमा भएसगै दुलही बनेकी दीपिका र दुलहा बनेका रणवीरको विवाहको पहिलो तश्बिर सार्वजनिक भएको छ ।

बुधबार उनिहरुको रीति–रिवाजअनुसार विवाह भएको छ । तश्बिरमा दीपिका रातो पहिरनमा निकै सुन्दर देखिएकी छन् । रणवीर सिंहलाई पनि सेतो र रातो पहिरन निकै सुहाएको छ ।

रणवीर-दीपिकाले आ-आफ्नो इन्स्टा अकाउन्टमा २ वटा एउटै तश्बिर शेयर गरेका छन् । क्याप्सनमा दुबैले लभको इमोजी बनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार वैवाहिक समारोहको इन्स्योरेन्स गरिएको छ । ओरिइन्टल इन्स्योरेन्स कम्पनीले यसको इन्स्योरेन्स गरेको हो र पोलिसी रणबीरको नाममा जारी गरिएको छ । यदि वैवाहिक प्रक्रियाको ५ दिनभित्र कुनै दुर्घटना भएमा त्यसको नोक्सानी इन्स्योरेन्स कम्पनीले व्यहोर्ने छ ।

विवाहमा ४० जना पाहुना थिए । रणवीर र दीपिकाले २८ नोभेम्बरमा मुम्बई र २१ नोभेम्बरमा बेंगलुरुमा रिसेप्सन पार्टी दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा