खेलाडी टिकाइ राख्‍न नीतिगत र व्यवहारिक व्‍यवस्था जरूरी छ : मन्त्री चौधरी

काठमाडौँ, १३ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले भने, ‘खेलकुदलाई विश्वभर उच्च प्राथमिकता दिइएपनि नेपाल सरकारले भने अझै पनि प्राथमिकतामा राखेको छैन। त्यसकारण खेलकुद क्षेत्रलाई नै उच्च प्राथमिकता दिन यसको नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्छ ।’

उनले सरकारले यसवर्ष पनि सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयलाई नै दिएको गुनासो गर्दै आउने वर्षमा खेलकूद  पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए । ‘सरकारले यस वर्ष पनि सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा दिएको छ। खेलकुदमा भौतिक पुर्वाधारहरू लगायतका खेलहरू प्राथमिकतामा छैनन् । अब खेल र खेलाडीलाई टिकाइराख्‍न राज्‍यले लगानी बढाउनु जरूरी छ ।’

खेलकुदमन्त्री चौधरीले खेलाडी र उनका सन्ततिका लागि पनि राज्‍यले सेवा सुविधान उपलब्ध गराउने आफूले पहल र प्रयास गरिरहेको समेत बताए । उनले भने, ‘ म विभागीय मन्त्रीको हैसियतले खेलाडी र नीजका सन्ततीका लागि सुविधा इमान्दारीपूर्वक उपलब्ध गराउने पहल र प्रयास गरिरहेको विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने