दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको छ : सभापति लामिछाने

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् । 

आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको उल्लेख गरे । 

उनले भने, “आमनागरिकहरूले राजनीतिक दलहरूलाई चासोका साथ हेर्न थालेका छन्, हस्तक्षेप सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको छ,” । 

लामिछानेले दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अब नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे । रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको