‘मायावी’ लक्ष्मीपूजामा रिलिज हुने

काठमाडौँ, ११ भदौ । पल शाह र दीपिका प्रसाईं स्टारर फिल्म ‘मायावी’ तिहारको लक्ष्मीपूजामा रिलिज हुने भएको छ ।

निर्माता राज कटुवालका अनुसार यो फिल्म कात्तिक १५ गते आउने निश्चित भएको छ । निर्माताले औपचारिक रुपमा प्रदर्शन मिति घोषणाको तयारी गरिरहेका छन् । लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि आउँदैछ । योसँगै लक्ष्मीपूजाको बक्स अफिस पल शाह भर्सेस प्रदीप खड्का हुने पक्का भएको छ ।

‘मायावी’लाई एफडी कम्पनी र करण श्रेष्ठले वितरण गर्न लागेका हुन् । दिवाकर भट्टराई निर्देशित यो फिल्मलाई कटुवाल सहित चन्द्र पन्त र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । ‘मायावी’मा पल र दीपिकासहित सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ र प्रशान्त ताम्राकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको

कैलाली, ११ असार । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको