‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने

काठमाडौँ, ९ भदौ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ ।

निर्माण टोलीले आइतबार एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ ।

जोन राईको निर्देशन रहेको फिल्ममा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको छ । फिल्मको मुख्य भूमिकामा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बालकलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १७ बैशाख । बैंकिङ प्रणालीमा लगानीयोग्य अधिक पुँजी (तरलता) थुप्रिँदा नेपाल राष्ट्र बैंकले दैनिक बैंक तथा वित्तीय संस्थाबाट प्रशोचन गरेको

काठमाडौँ, १७ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले

काठमाडौँ, १७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।