इजरायली आक्रमणमा लेबनानमा तीनजनाको मृत्यु 

काठमाडौँ, ९ भदौ । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी लेबनानमा तीनजनाको मृत्यु भएको छ ।

लेबनानका स्वास्थ्य मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा इजरायलको आक्रमणमा परी तीनजनाको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायली सेनाले लेबनानमा हिज्बुल्लाहको अखडालाई निसाना बनाई हवाई आक्रमण गरेको छ । लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण गरिँदा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, तिरी गाउँमा इजरायली आक्रमणमा परी दुईजनाको मृत्यु भएको जनाइएको छ । हिज्बुल्लाहले ३०० भन्दा बढी रकेट इजरायलमा प्रहार गरेको दाबी गरेको छ । बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई