साफ च्याम्पियनशिपको सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दै

काठमाडौँ, ८ भदौ । २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दैछन् ।

खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, दोस्रो सेमिफाइनलमा साेमवार  भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाको कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।

यसअघि अखिल नेपाल फुटवल सङ्घ (एन्फा) ले सेमिफाइनलका खेलहरु दशरथ रङ्गशालामा हुने बताएको थियो । तर साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल स्थान सारिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५

धनगढी, १८ भदौ । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला

काठमाडौँ, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ