कमला ह्यारिसद्वारा राष्ट्रपति पदको उम्मेदवारी स्विकार

एजेन्सी, ७ भदौ । अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया अन्तर्गत शिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनमा पार्टीको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो उम्मेदवारी स्वीकारेकी छिन् ।

‘एक महान् राष्ट्रको लागि म डेमोक्रेटिक पार्टीको मनोनयन स्वीकार गर्दछु ।’ उनले भनेकी थिइन् । सो अवसरमा ह्यारिसले अहिलेसम्मकै सबैभन्दा लामो भाषण दिएकी थिइन् ।

उनले आफ्नो भाषण बाल्यकालको सम्झनाबाट सुरु गरेकी थिइन् । ह्यारिसको आमा श्यामला भारतबाट अमेरिका आएकी थिइन् । सानोमा आफ्नो आमाले आफूलाई सधैँ हौसला दिने गरेको उनले बताइन् । ‘मेरो पिताले मलाई आफ्नो सपनाको पछि लाग्न प्रेरित गर्नुहुन्थ्यो ।’ ह्यारिसले भनिन् । अन्यायको विरुद्धमा गुनासो गर्नको सट्टा यसलाई हटाउन केही गर्न आमाले दिएको सुझावको पनि भाषणमा उनले स्मरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ