एकीकृत समाजवादीद्वारा पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ ।

महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कोही नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरू नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, सेयर नगर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले संगठन सुदृढीकरणमा समस्या हुने उनले बताएका छन् । उनले भनेका छन्, “राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरू नेताहरूले पनि उत्तरदायित्वको बोध गर्नुपर्छ ।”

महासचिव भुसालले १०औँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादा समेत नराख्ने गरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गरेका छन् । पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली