आजबाट ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ हलमा 

काठमाडौँ, ७ भदौ । आजबाट दुई फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् ।

‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । 

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।

‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गरेको छ । सिनेमाकाे कथा  निर्देशक स्वयंले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू