‘सिधा कुरा’विरुद्धको मुद्दामा भदौ २० गते फैसला हुने

काठमाडौँ, ६ भदौ । सिधा कुरा अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको अडियोलाई लिएर परेको मुद्दामा भदौ २० गते फैसला हुने भएको छ । 

अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्द घिमिरेले अब भदौ २० गते फैसला हुने जानकारी दिए । यसअघि, आज नै फैसला आउने भनिएको थियो । तर, इजलासमा रहेका न्यायाधीहरूबीच थप छलफल हुने भएकाले फैसलाको मिति सारिएको स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल, बालकृष्ण ढकालको नौ सदस्यीय बृहत्पूर्ण इजलासले यसअघि साउन १७ मा सुनुवाइ भएपछि फैसलाको मिति तोकेको थियो । त्यसअघि संयुक्त इजलासबाट बृहत् पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो । 

सिधा कुराले ‘द डार्क फाइल’ नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १५ असार । भारतको अहमदाबादमा सम्पन्न ऐतिहासिक प्रथम विश्व योगासन प्रतियोगितामा नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च राख्दै ७९

काठमाडौँ, १५ असार । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ९० प ५३४१

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी

काठमाडौँ, १५ असार । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।  जिल्ला प्रहरी