भ्रष्टाचारमा शून्य सहनशीलताको नीति देखावटी होइन : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिएको शून्य सहनशीलताको नीति देखावटी नभएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा ओलीले सरकारले यथार्थमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने उदेश्य राखेको बताए । उनले भने, “अहिलेको सरकारले कुनै एस्कुज खोज्दैन, काम गर्छ । भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता मात्रै र बनावटी, देखावटी होइन,” । 

ओलीले भ्रष्टाचार नियन्त्रण प्रचारबाजी, होहल्लाको विषय मात्रै बन्न नहुने बताए । कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्ने ओलीको भनाइ छ । मन्त्रीहरूसँगको कार्यसम्पादन सम्झौतामा पनि सो विषयलाई स्पष्ट रूपमा समावेश गरिने जानकारी दिए ।

“अब माननीय मन्त्रीज्यूहरूसँग गरिने कार्यसम्झौतामा समेत यस विषयलाई स्पष्ट रूपमा समावेश गर्ने तयारी गरिएको छ,” प्रधानमन्त्रीले भने, “भ्रष्टाचार नियन्त्रण कार्यमा कठोर रूपमा सम्पूर्ण नियमनकारी निकायसँग समन्वय र सहजीकरण गरिने छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका

पोखरा, १७ असार । जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ । जिल्ला समन्वय समिति

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश प्रतिगामी, फासीवादी बाटोमा जान नसक्ने बताएका छन् । अध्यक्ष ओलीले फासीवादी

काठमाडौँ, १७ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हालको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले