प्रधानमन्त्री र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाई तथा चारवर्षे प्रगति समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, ११ जेठ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको

काठमाडौँ, ११ जेठ । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई