नेपाल र बंगलादेश सेमिफाइनलमा

काठमाडौँ, ४ भदौ । नेपाल घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा जित निकालेसँगै बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपाल र बंगलादेशले समूह ‘ए’बाट सेमिफाइनल यात्रा तय गरेका हुन् । 

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको थियो । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५

धनगढी, १८ भदौ । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला

काठमाडौँ, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ