(कार्तिक २९, एजेंसी) बलिउड नायीका दीपिका पादुकोण र नायक रणवीर सिंहको विवाह ईटलीमा जारी रहेको छ ।
बुधबार उनिहरुको रीति–रिवाजअनुसार विवाह भएको थियो भने आज सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार वैवाहिक समारोहको इन्स्योरेन्स गरिएको छ । ओरिइन्टल इन्स्योरेन्स कम्पनीले यसको इन्स्योरेन्स गरेको हो र पोलिसी रणबीरको नाममा जारी गरिएको छ । यदि वैवाहिक प्रक्रियाको ५ दिनभित्र कुनै दुर्घटना भएमा त्यसको नोक्सानी इन्स्योरेन्स कम्पनीले व्यहोर्ने छ ।





