भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाडौँ, २० साउन । भारत र श्रीलङ्काबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ ।

यसअघि अस्ति शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । श्रीलङ्काले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर पाँच बलमा दुई सय ३० रनमा अलआउट हुँदा बराबरी भएको हो ।

शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ । एकदिवसीय शृङ्खलाअघि दुई देशबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले क्लिनस्विप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने