ट्रम्पले स्वीकारे ह्यारिससँग बहसको प्रस्ताव

एजेन्सी, २० साउन । उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । 

यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय थियो । बाइडेन चुनाव दौडबाट बाहिरिएपछि ह्यारिस उनको ठाउँमा बहसमा भाग लिन राजी भएकी थिइन् । तर, बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको बताएका थिए । 

यता, कमला ह्यारिसले फक्स न्युजमा हुने बहसको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन्। यदि फक्स न्युजमा यो बहस भयो भने यो अमेरिकी राष्ट्रपति चुनावको दोस्रो सार्वजनिक बहस हुनेछ भने ह्यारिस र ट्रम्पबिचको पहिलो । फक्स न्युजको यो बहस पेन्सिलभेनियामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले