सरकारमा जाने तयारी छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका छन् । 

आज काठमाडौँमा पार्टीको जिल्ला अध्यक्षहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताए । सरकारमा जाने विषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने उनको भनाइ थियो । 

संसद्को गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा वा नरहँदा के फरक रहन्छ भन्ने विश्लेषण पार्टीले गर्ने लिङ्देनले उल्लेख गरे । यसअघि केही समय सरकारमा रहँदा केही महत्त्वपूर्ण काम गर्न सफल भएको दाबी गरे ।

त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीले उठाएका एजेन्डालाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पारे । संविधानको आधारभूत कुराहरूमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफूहरू रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने