कंगोमा इबोला फैलिदा २०० भन्दा बढीको मृत्यु

 (कात्तिक २५, एजेंसी) । अफ्रिकी मुलुक कंगोमा इबोला भाइरस फैलिदा २०० भन्दा धेरैको मृत्यु भएको छ ।

कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेका छन् ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुंगाले सशस्त्र विद्रोही समूहहरुले मेडिकल टिमलाई अवरोध गरिरहेको कारण भ्याक्सिन लगाउने काममा ढिलाइ भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एदानमले कंगोमा देखापरेको वर्तमान महामारीसँग लड्नको लािग सुरक्षाको कमीले ठूलो चुनौती थपेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा